• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो पद गुम्यो

img

काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ।अब उनीहरू साधारण सदस्य मात्रै रहेका छन्।

जसपाले अद्यावधिकका लागि निर्वाचन आयोगमा ३५ जना केन्द्रीय सदस्यको नाम मात्रै पठाएको थियो। त्यही अनुसार, आयोगले अद्यावधिक गरेको जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्यले बताए।

Signature collection by Thakur-Mahato faction of Jaspa - Himal Sanchar

जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय थियो। निर्वाचन आयोगले आधिकारिकताका लागि सनाखत गर्दा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ र ठाकुर पक्षको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए भने रेशम चौधरी तटस्थ बसेका थिए।

त्यसपछि आधिकारिकता पाएसँगै यादवको अध्यक्षतामा बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले ठाकुर र महतो सहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाउने निर्णय गरेको थियो। त्यस्तै, तटस्थ बसेका चौधरीलाई भने केन्द्रीय कार्यकारिणी समितिमा यथावत् राखेको थियो।

img

Share: