• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन निकायका प्रमुखहरुलाई निर्देशन

img

जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजना गरिएको बैठकमा उनले प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुबाट सुरक्षाको व्यवस्थाबारे जानकारी लिदै यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेशको सुरक्षा व्यवस्थाबारे व्रिफिङ्गकासाथै अगामी योजनाबारे मुख्यमन्त्री राउतलाई जानकारी गराएका थिए ।

बैठकमा प्रमुख सचिव हरिप्रसाद मैनाली, मुख्यमन्त्री कार्यालयका सचिवहरु, प्रहरी नायब महानिरीक्षक उमेश रंजितकार, सशस्त्र प्रहरी नायब महानिरीक्षक सि।पी।गौतम, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, नेपाली सेनाकाका नि.बाहिनीपति महासेनानी पूर्ण प्रसाद ढकाल लगायतको उपस्थिती थियो ।

img

Share: