• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

थप ५ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित

img

काठमाण्डौं । नेपाली कांग्रेसले थप पाँच जिल्लाका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशित गरेको छ।

पार्टीको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप ५ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको समितिका संयोजक महादेवप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


विज्ञप्तिमा नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची जिल्लाका नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरिएको जनाएको छ। यसअघि ४८ जिल्लाको नामावली प्रकाशित गरिएको थियो।

साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको जानकारी दिइएको छ।

img

Share:
Tags