• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय राष्ट्रीय समाचार

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच युक्रेन संकटबारे कुराकानी

img

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ ।

विदेशमन्त्री एन्टोनीले बताए अनुसार मंगलबार साँझ भएको टेलिफोनमा युक्रेन संकटका विषयमा प्रधानमन्त्री देउवासँग कुराकानी भएको थियो । रुसले युक्रेनमा गरेको आक्रमणको विषयमा कुरा गरेको एन्टोनीले ट्विटरमार्फत जानकारी दिएका छन् ।


रूसले युक्रेनमाथि गरेको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल भयो’ एन्टोनीले ट्वीट गरेका छन्, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा सँगै मिलेर काम गर्नेछौं ।’

नेपालस्थित अमेरिकी दूतावासले टेलिफोन वार्तामा विदेशमन्त्री नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो सम्बन्धको चर्चा गर्दै एमसिसी सम्झौताबारे पनि कुरा गरेका थिए ।

एमसीसी अघि बढाउने निर्णयले विद्युतीय प्रसारण लाइन र सडक परियोजनासँग रोजगारी सिर्जना, पूर्वाधार निर्माण, तथा नेपालीहरूको जीवनस्तर उन्नतिमा भूमिका खेल्ने उनले बताएको दूतावासले जनाएको छ । आनलाइन खवरवाट

img

Share: