• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

सशस्त्र प्रहरीको सांगठनिक संरचना परिमार्जन

img

सप्तरी । सरकारले सशस्त्र प्रहरी बलको सांगठनिक संरचनालाई परिमार्जन गरेको छ । सशस्त्र प्रहरी बलले लामो समयदेखि सांगठनिक पुनर्संरचना गर्न अनुरोध गर्दै आएकोमा ‘सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०७८’ सरकारले स्वीकृत गरेको हो । सो स्वीकृत प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (प्रहरी)ले १५ फागुनमा सशस्त्र प्रहरी मुख्यालयलाई पठाइसकेको छ ।

पछिल्लो सांगठनिक पुनर्संरचनाले विशेषगरी मध्यम तहका सशस्त्र प्रहरी अधिकृतको वृत्तिविकासमा ठूलो मद्दत पुग्ने देखिएको छ । लामो समयदेखि एउटै पदमा बसिरहँदा देखिएको नैराश्यता अन्त्य गर्न पनि परिमार्जित सांगठनिक संरचनाले ठूलो सघाउ पुग्नेछ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको कार्यकालको ठूलो उपलब्धीका रूपमा यसलाई लिइएको छ ।

सांगठनिक संरचना परिमार्जित गर्ने क्रममा सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १ सय १६ बाट ६२ घटाई ३७ हजार ५४ कायम गरिएको छ । जनशक्ति घटाउने क्रममा केही पद बढाइएको र केही घटाइएको छ । यस्तै, १ सय ७४ वटा विभिन्न दरबन्दी कटौती गरिएको छ

img

Share:
img

ताजा अपडेट

क्याटोगरी