• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

खाँडो नदीको निकास र नदीमा पुल निर्माणको लागि पहल

img

राजविराज। मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीस्थित दशगज्जा क्षेत्र भएर बग्ने खाँडो नदीको निकास र नदीमा पुल निर्माणको लागि पहल गरिदिनहुन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई आग्रह गरेका छन् ।

प्रदेश सरकार प्रवक्ता समेत रहेका साहले मंगलबार मन्त्री यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै दशगज्जामा नदीको निकास नहुँदा र तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित नदीमा पक्की पुल नहुँदा दुवै (नेपाल–भारत) तर्फका सर्वसाधारणलाई समस्या हुँदै आएको उल्लेख गरेका छन् ।

 

‘भारत विहारको सुपौल जिल्ला अन्तर्गत पर्ने कुनौली बजारसँग जोडिने सिमानामै खाँडो नदी छ। दुवैतिर सडक भए पनि नदीमा पक्की पुल छैन । दुई वर्षअघिसम्म त्यहाँ बाँसको पुल हुने गर्दथ्यो तर पछिल्लो बाढी र कोरोनाको लकडाउनकोबीच जिर्ण बनेको सो पुललाई भारतीय सुरक्षाकर्मीले पुर्ननिर्माण गर्न दिएन। पुल नहुँदा दुवैतिरका आमजनलाई निकै समस्या र चुनौतिहरुको सामना गर्नुपरिरहेको छ’ पत्रमा भनिएको छ, ‘पुल नहुँदा सर्वसाधारण खाँडो खोलाबाटै वारपार गरिरहेका छन्, जुन वर्खामा जोखिमपूर्ण छ।’

दुई देशबीचको व्यापारिक र पारिवारिक सम्बन्ध भए पनि दुवै देशले खाँडो नदीमा पुल निर्माणमा चासो नदिएको सो भेगका सर्वसाधारणको गुनासो रहेको पत्रमा उल्लेख छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी