• img
  • img
img img img

img

भारदह । जागरुक बहुउदेश्य सहकारी संस्था लिमिटेड प्रथम बार्षिक सधारण सभा सम्पन भएको छ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ४ स्थित सञ्चालनमा रहको सो सहकारीले प्रथम बार्षीक सधारण सभा सम्पन गरेको दिन सम्म २१ लाख बराबरको कारोवार गरेको छ ।

शेयरपंजी निक्षेप अन्तर्गत ग्रामिन स्तरमा सेवा दिदै आएको सो सहकारीको प्रथम बार्षीक साधारण सभाकोको उद्घाटन राष्ट्रिय सहकारी बैक संस्थापक तथा मधेश प्रदेश सहकारी इन्चार्ज विश्वनाथ मण्डलले गरेका थिए ।

सहकारीका अध्यक्ष हरिनारायण मण्डलको अध्यक्षतामा सम्पन भएको प्रथम बार्षिक साधारण सभामा विशेष अतिथि ह.क. नगरपालिका–४ का वडाअध्यक्ष नागेश्वर मण्डल , दानालाल मण्डल , गणेश कुमार आस लगायतका वक्ताहरुले छोटो समयमा सहकारीले ग्रामिन स्तरमा दिदै आएको सेवाको प्रसंसा गरेका थिए ।

उनीहरुले अझै फराकिलो भएर जनभावना अनुसार काम गर्ने सहकारी सञ्चालकलाई आग्रह गरिएको सहकारीका सचिव परमानन्द झाले जानकारी दिए ।

img

Share:
Tags