• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मिटरब्याज पीडितहरूलाई ५ भदौभित्र प्रमाणसहित उजुरी गर्न गृह मन्त्रालयको आग्रह

img

काठमाडौं। विशेषगरी तराईका जिल्लाहरूमा केही समययता मिटरब्यजका कारण पीडित हुनु परेको घटना सार्वजनिक भएको भन्दै गृह मन्त्रालयले आगामी ५ भदौभित्र त्यस्ता पीडितहरूलाई प्रमाणसहित प्रहरीमा उजुरी गर्न सूचना जारी गरेको छ ।

नवलपरासी पश्चित प्रतापपुरका केही यस्तै पीडितहरू न्याय माग्दै काठमाडौं माइतीघरमा धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटान भएको भए उजुरी गर्न मन्त्रालयले आग्रह गरेको हो ।

सरकारले मिटरब्याजी सम्बन्धी समस्या समाधानका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपाय पहिचान गरी अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री देउवाले यस्तो समस्या भविष्यमा आउन नदिन आवश्यक पहलकदमी लिन निर्देशन पनि दिएका छन् । त्यसलगत्तै गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको खाणको सचिवालयले जानकारी दिएको छ ।

img

Share: