• img
  • img
img img img
Categories
मनोरञ्‍जन समाचार

भारतीय बक्सअफिसमा टलिउड पुनः एकपटक बलिउडमाथि हावी

img

काठमाडौं । भारतीय बक्सअफिसमा टलिउड पुनः एकपटक बलिउडमाथि हावी भएको छ । ओपनिङको मामिलामा मणिरत्नम निर्देशित फिल्म ‘पीएस-वान’ (पोनियन सेल्भन)को कमाई हिन्दी ‘विक्रम वेधा’भन्दा अगाडि निस्किएको छ ।

कुनै तामिल फिल्मलाई प्राप्त भएको यो अहिलेसम्मकै उच्च ओपनिङ हो । जति ‘विक्रम वेधा’को कमाई छ उति ‘पीएस-वान’को तामिलनाडुको दोब्बर कमाइ छ । ऋतिक रोशन र सैफअली खान स्टारर ‘विक्रम वेधा’ले पहिलो दिन भारतमा ११.५० करोड भारुको ओपनिङ गरेको छ ।

भारतका दक्षिण राज्यहरुमा फिल्मको कमाई आक्रामक देखिएको छ । पहिलो दिन फिल्मले तामिलनाडुमा मात्र २६.८५ करोड भारु कमाइ गरेको छ । भारतमा फिल्मको कूल ओपनिङ ४० देखि ४५ करोड भारु छ ।

क्रिटिक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन विश्वभर ८० करोड भारुको ओपनिङ गरेको छ । फिल्मले आगामी दिनमा भारतीय बक्सअफिसमा कीर्तिमान रच्ने अपेक्षा छ ।

तर, हिन्दी भाषामा भने फिल्मको क्रेज खास छैन । ओपनिङ डेमा फिल्मले हिन्दी भाषामा मात्र १.७५ करोड भारु कमाएको छ । हिन्दी बेल्टमा चाहिँ ऋतिक र सैफअलीको विक्रम वेधाले दर्शकलाई आकर्षित गरेको छ

img

Share:
Tags