Skip to the content
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष एवं सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिके राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डु एण्ड डाई’ को मनस्थितिमा काम गर्नुपर्ने बताउनुभयो ।
जनताले आफूमाथि अन्तिम आशाको रूपमा देखेका हुनाले आफूहरु पनि सोही जिम्मेवारी अनुसार काम गर्ने बताउँदै अध्यक्ष राउतले ‘डू एण्ड डाई’ को आधारमा काम गर्नुपर्ने धारणा राख्नु भयो ।
उहाँले भन्नुभयो, ‘जनताले जुन अपेक्षा राखेका छन् । त्यो एक जना व्यक्तिले सांसद हुँदैमा, मन्त्री हुँदैमा वा प्रधानमन्त्री हुँदैमा पनि त्यो पूरा हुने होइन । हामी सबै मिलेर जुन सपना हामीले बन्यौँ । त्यसको लागि दिनरात काम गर्न सक्यौ भने मात्रै हामी जनअपेक्षामा खरो उत्रन सक्छौँ । म तपाईहरुलाई विशेष आग्रह गर्न चाहन्छु–आगामी दिनमा पनि तपाईंहरुको सल्लाह, सुझाव जे छ, त्यो खुला हृदयले दिनुहोस् । म त्यसलाई लिइराख्छु, सुन्छु । त्यही अनुसार मनन गर्छु । काम गर्छु ।’
Related
ताजा अपडेट
क्याटोगरी