• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

वरिष्ठ नेता पौडेललाई जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान

img

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान गरेको छ ।

वरिष्ठ नेता पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज बिहीबार उनकै निवासमा ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान गरिएको हो । सन् २०२० अप्रिल २९ गते घोषणा भएको यो सम्मान कोभिडलगायतका कारण आज प्रदान गरिएको हो ।

कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान

जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ आज दिउँसो ३ बजे वरिष्ठ नेता पौडेललाई प्रदान गरिएको छ ।

वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि कदर गरिएको हो ।

img

Share: