• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

जनमत पार्टीले गठबन्धनको मर्म विपरीत काम गरेको :अध्यक्ष यादव

img

जनकपुर। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘जनमतमा गठबन्धनको मर्यादा,गठबन्धनमा रहेको हिसाबले पालना गर्नुपर्ने न्यूनतम आचरण पनि देखिएन,गठबन्धनले एउटा उपराष्ट्रपतिको उम्मेदवार दियो उहाँले छुट्टै उम्मेदवार दिनु भयो ।’

गठबन्धनमा पनि बस्ने र स्वतन्त्र (अलग्गै) जस्तो पनि व्यवहार गर्ने हो भने यस विषयमा विचार गर्नुपर्ने स्भाविक रहेको र यसको जिम्मा प्रधानमन्त्रीलाई दिइएको उनले बताए । केन्द्रमा झैं पाँचदलीय गठबन्धनकै सहमतिको आधारमा मधेश प्रदेश सरकारको समेत चाँडै पुर्नगठन हुने बताएका छन् ।

राजनीतिक स्थिरताका लागि संघीय गणतन्त्रलाई संस्थागत गर्नु आवश्यक रहेको बताउँदै संस्थागत गर्नका लागि संविधानमा रहेको त्रुटि सच्याउनुपर्ने बताए ।

नागरिकता र संघीय निजामती ऐन प्रमाणीकरण हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने,‘सबभन्दा महत्वपूर्ण हो संघीय निजामती ऐन जसको अभावमा प्रदेश सरकारहरुलाई आफ्नो ब्यूरोक्रेसीको अभाव छ ।’ कुनै पनि सरकारको लागि प्रशासन,प्रहरी नभइ नहुने तत्व भएकोले प्रदेश प्रहरीको समायोजनको काम तत्काल अगाडि बढाउनु पर्ने बताए ।

कतिपय लोकतान्त्रिक मुलुकमा दुई पटक पारित भइसकेको ऐन राष्ट्रपतिले प्रमाणीकरण नगर्दा पनि स्वतः कानुन बन्ने प्रावधान रहेको बताउँदै उनले संविधानले १५ दिन भित्र पारित भइसकेको विधेयक पारित गर्ने प्रावधान अनुसार प्रमाणीकरण गर्नुपर्ने बताए ।

तर राष्ट्रपतिले दुई दुई पटक पारित हुँदा पनि संविधानको उल्लंघन गरेको जिकिर गर्दै अध्यक्ष यादवले भने,‘संविधानको संरक्षणको जिम्मेवारी लिएका राष्ट्रपतिले नै विगतमा संविधानको उल्लंघन गरेका छन्।’ वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल सांसद रहेको बेला नागरिकता विधेयकको मुद्दा जोडतोडका साथ उठाएका थिए र दुबै सदनबाट दुई पटक पारित भइसकेको नागरिकता विधेयक उनले तत्काल प्रमाणीकरण गर्नुपर्ने धारणा राखे ।

img

Share:
Tags