• img
  • img
img img img
Categories
कृषि समाचार सहकारी

विदेश भाग्न सक्ने आशंकामा इमेज सहकारीका फरार

img

काठमाडौं । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुलाई यात्रा अनुमती रद्द भएको छ। बचत रकम हिनामिना गरेर बेपत्ता भएपछि संस्थाका सञ्चालहरु सम्पर्क विहीन बनेको र विदेश भागेर जान सक्ने भन्दै गृह मन्त्रालयले यात्रा अनुमती रद्द गरेको हो ।

संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली रहेका छन् । उनी ढोरपाटन नगरपालिकाका मेयर समेत हुन् । त्यस्तै कार्यवाहक अध्यक्ष डोर बहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सदस्यहरुमा चित्रबहादुर भण्डारी, रुपा बिक र झग बहादुर शाही रहेका छन् ।

संस्थाका सदस्यहरुको बचत रकम हिनामिना गरी सम्पर्क विहीन बनेपछि सञ्चालहरुको यात्रा अनुमती रद्द गर्न मन्त्रालयले अध्यागमन विभागलाई सिफारिस गरेको हो।
संस्थाका संस्थापक अध्यक्षसहित ७ जनाको यात्रा अनुमती रद्द गर्ने निर्णय मन्त्रालयको सीमा तथा अध्यागमन शाखाले गरेको हो ।

यता चित्रबहादुर भण्डारीले भने प्रेस विज्ञप्ति जारी गर्दै आफू इमेज सहकारीको सञ्चालक नरहेको दाबी गरेका छन् ।

img

Share:
Tags