• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

पीडित र पीडितको साक्षीको संरक्षण गर्न नसक्दा फौजदारी मुद्दाका पीडितहरुलाई न्याय दिन कठिन

img

काठमाडौं ।आयोजित एक कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले पीडित र साक्षीहरुको संरक्षण गर्न नसक्दा उनीहरुलाई फौजदारी मुद्दामा न्याय दिन नसकिएको बताए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पीडित र पीडितको साक्षीको संरक्षण गर्न नसक्दा फौजदारी मुद्दाका पीडितहरुलाई न्याय दिन कठिन भएको बताएका छन् ।

उनले पीडित र पीडितका साक्षीको संरक्षणको विषय संविधानमा नै उल्लेख भए पनि उनीहरुको संरक्षण सार्थक रुपमा हुन नसकेको बताए ।

पीडितको संरक्षण गर्न नसक्दा प्रतिकुल बकपत्र आउने गरेकाले न्याय दिन कठिनाइ भएको उनको भनाइ थियो । यस्तै आर्थिक, सामाजिक र शैक्षिक रुपमा पीछडिएको कारणले पनि प्रतिकुल बकपत्र दिनुपर्ने अवस्थामा पीडितहरु पुग्ने गरेको प्रधानन्यायाधीश कार्कीले बताए ।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी