• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

पीडित र पीडितको साक्षीको संरक्षण गर्न नसक्दा फौजदारी मुद्दाका पीडितहरुलाई न्याय दिन कठिन

पीडितको संरक्षण गर्न नसक्दा प्रतिकुल बकपत्र आउने गरेकाले न्याय दिन कठिनाइः प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले

img

काठमाडौं ।आयोजित एक कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले पीडित र साक्षीहरुको संरक्षण गर्न नसक्दा उनीहरुलाई फौजदारी मुद्दामा न्याय दिन नसकिएको बताए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पीडित र पीडितको साक्षीको संरक्षण गर्न नसक्दा फौजदारी मुद्दाका पीडितहरुलाई न्याय दिन कठिन भएको बताएका छन् ।

उनले पीडित र पीडितका साक्षीको संरक्षणको विषय संविधानमा नै उल्लेख भए पनि उनीहरुको संरक्षण सार्थक रुपमा हुन नसकेको बताए ।

पीडितको संरक्षण गर्न नसक्दा प्रतिकुल बकपत्र आउने गरेकाले न्याय दिन कठिनाइ भएको उनको भनाइ थियो । यस्तै आर्थिक, सामाजिक र शैक्षिक रुपमा पीछडिएको कारणले पनि प्रतिकुल बकपत्र दिनुपर्ने अवस्थामा पीडितहरु पुग्ने गरेको प्रधानन्यायाधीश कार्कीले बताए ।

 

img

Share: