• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

सुन तस्करी प्रकरणः भन्सार अधिकृतसहित ६ जना पक्राउ ,अनुसन्धान गर्न ६ दिन म्याद थप

img

काठमाडौं। एक क्विन्टल सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले ६ दिन म्याद थप गरेको छ ।

सुन तस्करी प्रकरणमा आइतबार राजस्व अनुसन्धान विभागको विशेष टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्न थप समय आवश्यक रहेको भन्दै म्याद थपका लागि विभागले उनीहरूलाई अदालतमा पेश गरेको थियो ।

आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै पक्राउ पर्नेमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा छन् । यी तीन जना एजेन्ट सुन भन्सार पास गराउन संलग्न रहेको आरोप विभागको छ ।

राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । उक्त सुन हङकङबाट ल्याइएको थियो ।

img

Share:
Tags