• img
  • img
img img img
Categories
मनोरञ्‍जन समाचार

नेपाल र भारतमा ‘ड्रीमगर्ल २’को सुखद ओपनिङ, आयुष्मानको अभिनयको प्रशंसा

img

काठमाडौं । आयुष्मान खुराना अभिनित बलिउड फिल्म ‘ड्रीमगर्ल २’ले नेपालसहित भारतीय बक्स अफिसमा सुखद सुरुआत गरेको छ । पहिलो दिन शुक्रबार भारतमा फिल्मले ११ करोड रुपैयाँ भारुको ओपनिङ गर्‍यो ।

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले दर्शकले यो फिल्मको कथावस्तुलाई रुचाएको र आगामी साता पनि राम्रो कमाइ गर्ने प्रक्षेपण गरेका छन् । कमेडी, रोमान्स र डामा जानरामा राखिएको यो फिल्मको शीर्ष भूमिकामा आयुष्मानसहित अनन्या पाण्डे र परेश रावल छन् ।

राज सान्धिल्या निर्देशित फिल्ममा आयुष्मानले दोहोरो भूमिका निर्वाह गरको छन् । पूजा नामक चरित्रमा आयुष्मानको अभिनयको प्रशंसा भैरहेको छ । यो भूमिकालाई आयुष्मानको करिअरकै उत्कृष्ट भूमिका भन्दै समीक्षकले प्रशंसा गरेका छन् ।

फिल्मका नेपाल वितरक गोविन्द शाहीका अनुसार यो फिल्मले नेपाली हलमा समेत उत्कृष्ट सुरुआत गरेको छ । शुक्रबार रिलिज भएको यो फिल्मले शुक्रबार र शनिबार राम्रो कमाइ गरेको छ । आयुष्मानका फ्यान तथा रोमान्टिक एवं कमेडी फिल्म रुचाउने दर्शकलाई यो फिल्म रुचिकर हुनसक्ने बताइएको छ ।

वितरक शाहीले भने, ‘फिल्मले नेपालमा उत्कृष्ट सुरुआत गरेको छ । दर्शकले निकै रुचाएका छन् ।’ गतसाता रिलिज भएको ‘घुमर’ र ‘ड्रीमगर्ल २’बाट शाहीले नेपालमा भारतीय फिल्मको वितरण थालेका हुन् ।

‘ड्रीमगर्ल २’को उत्कृष्ट कमाइसँगै बलिउड पछिल्लो समय लयमा फर्किएको विश्लेषण तरण आदर्शले गरेका छन् ।

img

Share:
Tags