• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न निर्देशन

img

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन् ।

कार्यक्रममा बालबालिकाहरूलाई समेत सहभागी नगराउन सरकारी निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएपछि प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री सहभागी हुने अन्य कार्यक्रममा सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन रहेको सचिवालयले जनाएको छ ।

img

Share: