• img
  • img
img img img

img

भारदहको प्रसिद्ध केरा बगान रहेन

भूपदेव माली
मंसिर १० गते, सप्तरी।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदह स्थित कोशीको डुबान क्षेत्रमा रहेको नेपालकै प्रसिद्ध केरा बगान अब रहेन।

कोशी टप्पु अन्तर्गत रहेको केरा बगानमा गत दुई वर्षदेखि निरन्तर कोशीको बाढीले गर्दा बगान डुबानमा पर्न गएकोले बगानमा निरन्तर पानी रहेको हुँदा केराका बोटहरू नष्ट हुँदै गएकोले कृषकहरूलाई भारी मात्रामा क्षती हुँदै जानाले केरा बगानलाई नष्ट गरी अन्य अन्य बालीहरू लगाउन थालेका हुन्।

हजारौँ बिघामा रहेको केरा बगानलाई अवलोकन गर्दा एक करोडभन्दा बढीको कृषकहरूलाई क्षति भएको आकलन गर्न सकिन्छ।

क्षेतिका कारण यस वर्ष कोशी टप्पु अन्तर्गतका केरा कृषकहरुले केरा बगानलाई फडानी गर्दै मक्कै, गहुँ,तोरी एवं उखुको बालीहरू लगाउन थालेका छन्।
मेरो चार बिघामा रहेको केराको बगान बाट मैले लगाएको खर्च को ५% पनि आम्दानी हुन नसकेकाले ११/१२ लाख घाटा बेहर्नुपरेकोले यस वर्ष बगानलाई फडानी गरी मकै एवं गहुँको बाली छरिएर संतोष गर्नु परेको स्थानीय कृषक पन्नालाल मुखियाले बताए।

गत वर्ष उधारो रकम लिई केरा बगानमा लगाएको खर्च पनि नआउदा मैले अब उपरान्त मकै एवं गहुँको बाली मात्र गर्न लागिएको स्थानीय दिनेश मण्डलले बताए।

बाढीका कारण दुई वर्षदेखि निरन्तर केरा खेतीमा क्षति हुँदै गएकोले परारदेखि नै मैले सो खेतहरुमा गहु तथा अन्य बालीहरू लगाउन थालिएको स्थानीय कृषक सीताराम राउतले बताए।

भारदहको सबभन्दा ठूलो केरा कृषक एवं केरा व्यापारी इन्द्रदेव लोगीको खेतलाई हेर्न जाँदा ७५% बगानलाई फडानी गरी मक्कै छर्न लागेको दृष्टिपात हुँदा सोध्न जाँदा मैले लगभग एक करोडको हाराहारीमा नोक्सान भएकोले बगानलाई फडानी गरी मक्कै छर्न लागेको बताए।

भारदह स्थित रहेको हजारौं बिघाको केरा बगान यतिबेला यदा कदा बाहेक सुनसान भएको अवस्था रहेको छ। खासमा गत दुई वर्षदेखि निरन्तर आएको कोशीको बाढीका कारण बागानलाई भएको क्षतिले गर्दा कृषकहरू ऋणमा डुबेकाले यस वर्ष बगान फडानी गरी अन्य अन्य बाली लगाउन थालिएका छन्।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी