‘मेरो पति प्रीतमलाल चौधरीले जनतासँग गरिएको वाचा म जितेपछि पूरा गर्नेछु’सप्तरीको डाक्नेश्वरी नपा वडा नम्बर १ मा भइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका भुलिया देवी थरुनीले भन्नुभएको छ।
मङ्गलबार आफ्नो निज निवासमा पत्रकारहरूसँग साक्षात्कार हुँदै थरुनीले सो कुरा भन्नुभएको हो।
उहाँले मेरो पति चौधरी वडाको एक मात्र कर्मठ, जुझारु, ईमान्दार एवं लोकप्रिय नेताको रूपमा स्थापित रहेकोले नै वडा नम्बर १ का जनताले गतवर्षको निर्वाचनमा वडा अध्यक्ष पदका लागि भारी मतले विजयी गराएका थिए। र उहाँको असमायिक निधन गत कार्तिक ४ गते भएकोले उहाँले सपना देखेका विकासका कुराहरु अधुरो रहेकोले मैले उम्मेदवारी दिएको हुँ , जितेपछि पतिको सपना साकार पार्ने भन्नुभयो।
उहाँले मेरो पतिले थालिनी गर्नुभएको विकासका अधुरो कार्यहरूलाई पूरा गर्दै वडामा शान्ति सुव्यवस्था कायम गर्ने सिँचाइका लागि विद्युतीकरण गर्ने, बोरिङ गर्ने ,विद्यालयहरूमा भवन निर्माण, पठनपाठन व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
‘वडाभरिमा म एक मात्र इमान्दार उम्मेदवार भएकोले जनताले मलाई अत्यधिक मतले विजयी गराउने छ भने आशा गरेको छु’ भन्दै ‘मलाई कुनै अन्य स्वार्थ छैन म लाई यहाँका जनताहरुले जिताएपछि वडामा विकास एवं शान्ति सुव्यवस्था कायम गर्ने छु’भन्नुभयो