जनकपुरमा विवाह पञ्चमीको भव्य उत्सव सम्पन्न
भूपदेव माली
जनकपुरधाम, मंसिर २१ गते।
जनकपुरमा विवाह पञ्चमी अनुष्ठानको भव्य उत्सव सम्पन्न भएको छ।
प्राचीन कालदेखि
सप्ताहव्यापी रूपमा गरिने विवाह उत्सवमा राम जानकी विवाह विधिवत रुपमा यस वर्ष पनि विवाह पञ्चमी अनुष्ठान सम्पन्न भएको हो।
यस वर्ष अन्य वर्षभन्दा बढी सङ्ख्यामा भारतको अयोध्या बाट जन्तीहरू आएका थिए भने जन्तीलाई भव्य रुपमा मिथिला संस्कृति अनुसार स्वागत पनि गरिएका थिए। जन्तीमा साधुसन्त लगायत राजनीतिकर्मीहरूको पनि उपस्थिति रहेको थियो।यस वर्ष विवाह पञ्चमी महोत्सव हेर्न तथा माता जानकीको दर्शन गर्न लाखौंको सङ्ख्यामा भक्तजनहरूको उपस्थिति रहेको थियो। जनकपुरका हरेक मठमन्दिरहरू भक्तजनको उपस्थितिले खचाखच भरिएका थिए भने १२ बिघा मैदानमा सीता र रामको विवाह झाँकी हेर्न एवं मेला भर्न आएका भक्तजनहरूलाई सुविधाका लागि विभिन्न प्रकारका सेवा शिविरहरु पनि व्यवस्थित रहेको थियो । आजको दिन मिथिलाञ्चलको धेरै स्थानहरूमा विवाह पनि सम्पन्न भएका छन्।