न्युज 1नेपाल संवाददाता
मन्सिर २६ गते, जनकपुरधाम।
जनकपुरमा जेन्डर बजेटरी योजना तर्जुमा, कार्यान्वयन सम्बन्धी अन्तरक्रिया (प्रदेशगत) कार्यक्रम सम्पन्न भएको छ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव को अध्यक्षता एवं महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुँडी रामबाबुको प्रमुख आतिथ्यमा प्रदेशगत जेन्डर बजेटरी योजना तर्जुमा, कार्यान्वयन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको हो।
सम्पन्न कार्यक्रममा जेन्डर बजेट लैङ्गिक समता तथा समानता र महिला सशक्तिकरण सम्बन्धी कार्यान्वयनको क्रममा देखा परेका समस्या र समाधानका निम्ति गरिने असल प्रयासहरूको बारेमा विचार आदानप्रदान गरिएको थियो।
सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल लगायत मधेस प्रदेशका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।