• img
  • img
img img img
Categories
प्रदेश समाचार विचार समाचार साहित्य

मालपोतका कर्मचारीले घुस लिँदै ,किर्ते कागजात द्वारा जग्गा नामसारी गरिँदै

img

 

भूपदेव माली
पौष २ गते, सप्तरी।
भुमि सुधार तथा मालपोत कार्यालय राजविराजका कर्मचारीहरूले घुस लिँदै र कृते कागजात तयार गरी जग्गा नामसारी गर्दै गरेको पाइएको छ।यस कार्यालयमा कर्मचारीहरू घुस लिएर मात्र सेवा दिने र घुस खाइसकेपछि लेखापढी गर्ने व्यक्तिहरू मिलेर नै गैरकानुनी कामहरु,किर्ते र असहज सेवाप्रवाह हुने गरेको गुनासो बाहिरिन थालिएको छ।
गाउँ देहातमा बसेकी अनपढ वृद्धासँग गरिएको किर्ते कागजद्वारा जग्गा नामसारीको उजुरी पश्चात सो कुराहरू बाहिरिन थालिएको हो।

राजविराज नगरपालिका-१६ बस्ने ७५ वर्षीया एकजना वृद्ध महिलाको नाममा रहेको २ कठा १३ धुर जग्गा किर्ते गरी नामसारी भएपछि उक्त कार्यालयका कर्मचारीहरूको भ्रष्ट चरित्र नाङ्गो हुन गएको छ।

जिल्ला सप्तरी गा.बि.स.बोरिया-७ को कित्ता नम्बर ५० को उक्त क्षेत्रफल भएको खेतमा जग्गाधनी गिरिजावती दासले गहुँबाली लगाउन खोज्दा जिल्ला सप्तरी गा.बि.स.गोइठी-१ हाल राजविराज नपा-८ बस्ने पिताम्बर दासको छोरा संजय कुमार दासले रोकेपछि पीडिता वृद्धाले जिल्ला प्रशासन कार्यालय सप्तरीमा बेहोरा सहितको उजुरी दायर गरेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले मालपोत कार्यालयको नाममा छानबिन तथा आवश्यक कारवाहीका लागि पत्राचार समेत गरेको स्रोतबाट जानकारी प्राप्त भएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी