न्यूज1नेपाल संवाददाता
पौष ४ गते ,सप्तरी।
सप्तरीको कञ्चनरूप नगरपालिकाले नगर अन्तरगतका सम्पूर्ण विद्यालयहरुमा भोलि शुक्रबार शोक विदाको घोषणा गरेको छ । कञ्चनरूप नगरपालिका वडा नम्बर ८ स्थित श्री सर्वोदय माध्यमिक विद्यालय, कंचनपुरका पूर्व प्रधानाध्यापक तथा हाल कञ्चनरूप नगरपालिकाको विद्यालय अनुगमन समितिको (विज्ञ समुह) सदस्य पूर्ण प्रसाद भट्टराईको निधनको शोकमा नगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गरी बिदा दिएको हो ।
स्वर्गीय भट्टराईको निधनको शोकमा नगर क्षेत्र अन्तर्गतका सम्पुर्ण विद्यालयमा शुक्रबार सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
‘मिति २०८१।०९।०४ गते विहिबारको दिन भट्टराईको असामयिक निधन भएकोले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै नगर प्रमुखको आदेशानुसार निजको स्मरणमा उहाँले शैक्षिक क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै नगरभरिका सम्पूर्ण विद्यालयहरुमा मिति २०८१।०९।०५ गते शुक्रबारका दिन शोक विदा दिईएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।’भनी उल्लेख गरिएको छ।