• img
  • img
img img img

img

 

नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाको सदस्यता खुल्ला गर्नुपर्छ

नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाको निर्वाचन २०८१ सम्पन्न भई नव कार्यसमितिमा केही नयाँ अनुहारहरू र केही पुराना अनुहारहरु आउन सफल भएको छ। नवनिर्वाचित सम्पूर्ण पदाधिकारी पत्रकारहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना छ।
नेपाल पत्रकार महासङ्घमा जम्मा ८४ मतदाताहरूले आफ्नो मत हालेर महासङ्घको कार्यभारको जिम्मेवारी बहन गर्न मार्ग प्रशस्त गरेको देखियो। तर यी महासङ्घका सदस्यता प्राप्त गरेका यी ८४ जना पत्रकारहरु मध्ये पेशागत रुपमा पत्रकारिता गर्दै आएका र वास्तविक पत्रकारको मापदण्डमा पुगेका कति जना पत्रकार होला ? भन्न गाह्रो छ। केही दशक अघिसम्म पत्रकारहरूको संख्या सीमित भएको अवस्थामा महासंघले प्रदान गरिएको सदस्यता कायमै राखी केही सम्मानित पत्रकारहरुले महासङ्घमा पुग्नका लागि भोट ब्यालेन्सको रुपमा प्रयोग गर्दै आएको प्रवृत्ति महासङ्घमा कायमै रहेको देखिन्छ। साँच्चै भन्नुपर्दा पत्रकार भनेको आफ्नो समाचार आफ्नै भाषाशैलीमा लेख्न तथा टाइपिङ गर्न सक्ने, अन्तर्वार्ता लिन सक्ने, भिडियो इडिटिङ एवं मिक्सिङ गर्न सक्ने र लेख – विचार लेख्न सक्ने हुनुपर्दछ। तर महासंघले प्रदान गरिएको सदस्यताहरू मध्ये यसमा कतिपय तथाकथित पत्रकारहरूलाई पत्रकारिता गर्न सक्ने ज्ञान नै नभएको र कतिपयले अन्य अन्य व्यवसाय गर्दै गर्ने क्रममा कहिलेकाहीँ मोबाइलबाट समाचारहरु आफ्नो सम्बन्धित समाचार पत्रका सम्पादकलाई टिपाईदिनेहरुले पनि रहेका छन् ,जो समितिमा पुग्न सफल छन्।

दलगत आधारमा रहेका पत्रकारहरूको समूहका कारण एवं परिपाटीले गर्दा महासंघमा बलियो संगठन अर्थात् महासङ्घमा बढी संख्यामा सदस्यता ओगटेका संगठनका उच्च ओहदामा रहेका सम्मानित पत्रकारहरूले महासंघमा आ-आफ्नो वर्चस्व दीर्घकालीनसम्म कायमै राख्न पुरानो सदस्यता खारिज नगर्ने र नयाँ पत्रकारहरूका लागि सदस्यता प्रदान नगर्ने प्रवृत्तिको हावी जारी नै राखेका छन्, जसबारे महासंघ माथि पटकपटक प्रश्नहरू उठ्दै आएको भएपनि अझैसम्म कतिपय झुझारु पत्रकारहरूले महासङ्घको सदस्यताबाट वञ्चित रहेका छन्, भन्ने कुरा कसैबाट लुकेको छैन। यसो हुनु भनेको पत्रकारिता क्षेत्रका न्यायोचित व्यवहार कदापि हुन सक्दैन। तसर्थ नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूले अब मापदण्ड पुगेका जुझारु पत्रकारहरूका लागि सदस्यता खुल्ला गरी निष्पक्ष कार्यसमितिको परिचय दिनु पर्छ, पत्रकारिता क्षेत्रलाई सफासुग्घर राख्नुपर्छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी