भूपदेव माली
पौष ९ गते, सप्तरी।
सप्तरीको भारदह बजारस्थित पूर्वपश्चिम लोकमार्गमा जनमत पार्टीका कार्यकर्ताहरूले एक घण्टा सडक जाम गरेका छन्।
कीर्तिपुरको स्टेडियममा एनपीएल प्रतियोगिता खेल्ने क्रममा मधेसी समर्थकहरूलाई केही उपद्रवी व्यक्ति तथा समूहहरूले धोती, मधेसे भनेर अश्लिल शब्दहरू प्रयोग गरिएको र कुटपिट गरिएको विरुद्धमा ती दोषीहरुलाई कारबाहीको माग राख्दै जनमत पार्टीका कार्यकर्ताहरुले सडक जाम गरेका हुन्।
३ :०२ बजेबाट गरिएको सडक जाम ४ :१० मा खोलिएको थियो।
सडक जाम गर्ने बेलामा दोषीहरूलाई -कानुनी कारवाही गर! गृहमन्त्री- राजीनामा देउ! नस्लवादी चिन्तन- बन्द गर !आदि नारा लगाउँदै सडकमा आगो लगाएर सडकलाई अवरोध गरिएका थिए।
शनिबार कीर्तिपुरको टियु स्टेडियममा सुदूर पश्चिम रोयल्स र जनकपुर बोल्ट्स बिच एनपीएल क्रिकेट प्रतियोगिता खेल्ने क्रममा जनकपुर टिमका समर्थकहरूलाई केही अन्य समूदायका उपद्रवी व्यक्ति र समूहहरुले अश्लिल शब्दहरूको प्रयोग गर्दै कुटपिट गरिएको विरुद्ध मधेशका युवाहरूले आक्रोशित भई यस प्रकारका आन्दोलनमा छन्।