राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को कार्यवाहक सभापति पदमा उपसभापति डीपी अर्याललाई जिम्मेवारी दिएको छ ।
सोमबार बसेको रास्वपा सचिवालयको बैठकले गहनतम छलफल गर्दै कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।
पार्टीका सभापति रवि लामिछानेले पार्टीको कार्यवाहक सभापति अर्याललाई दिने पत्र पठाएको पठाएपछि र उक्त प्रस्ताव पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जनाएको छ । पार्टीको सचिवालय बैठक भर्चुअल बसेको हो । सचिवालय बैठकमा केन्द्रीय समिति बैठक चाँडै बस्नेबारे छलफल समेत गरेको प्रमुख सचेतक परियारले जानकारी दिए ।
न्यायालयमा रास्वपा सभापति रवि लामिछाने विरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बनमा पर्ने भएकाले सो अवस्थामा पुग्ने गएका छन् । लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता चुन्नुपर्ने स्थिति उत्पन्न भएको छ। । संसदीय दलको बैठक तत्काल बोलाइएको छैन, संसद् अधिवेशन आह्वान गरेपछि बस्ने बताइएको छ ।