पत्रकार नवीन कुमार यादवलाई पब्लिक प्रेस दैनिकमा प्रकाशित समाचारको विषय लिएर जिल्ला सप्तरी तिलाठी कोलाडी गाउँपालिका वडा नं ६ बवनगाममा बस्ने स्वतन्त्र यादवका छोरा कान्ता भनिने भगवती यादवले गाली-गलोज गर्दै ज्यान मार्ने धम्की दिएकोप्रति प्रेस चौतारी नेपाल , सप्तरी शाखाद्वारा एक विज्ञप्ति जारी गरी त्यस्ता घटना निन्दनीय भएको ठहर गर्दै घोर भर्त्सना गर्दै उक्त दादागिरी गर्ने व्यक्तिहरुलाई कानुनी कारबाहीको माग गरेको छ।
समाचार सङ्कलन गर्दै जाने क्रममा व्यवहार दिउँसो वडास्थित लक्ष्मी बल्लब नरसिंह माध्यमिक विद्यालयमा पुगेका पत्रकार यादव माथि आक्रमक शैलीमा आई उक्त व्यक्तिले “मेरो बारेमा समाचार लेखिस तलाई बाँच्नु छैन र? तलाई माथि नै जानुछ भने माथि नै पुर्याइदिन्छु!” लगायतका शब्दहरू बोल्दै उक्त विद्यालयका शिक्षक – कर्मचारीहरूको बीच अभद्र व्यवहार गरिएको घटनालाई निन्दनीय भएको ठहर गर्दै विज्ञप्तिमा घोर भर्त्सना गरिएको छ।
बिहिबार प्रेस चौतारी सप्तरी शाखाले जारी गरिएको विज्ञप्तिमा सोही विद्यालयको कार्यालय सहयोगी पदमा कार्यरत कर्मचारी भएर पनि आचार संहितालाई टेकेर गुण्डागर्दी शैलीमा”एक पत्रकारलाई ज्यानै मार्ने धम्की दिने”व्यक्तिलाई कानुनी कारवाहीका लागि नागरिक समाज, बुद्धिजीवी सम्पूर्णमा अपिल समेत गरिएको छ।