प्रेस सेन्टर सप्तरीको जिल्ला सम्मेलन १९ गते हुने
राजविराज, १२ पुस ।
प्रेस सेन्टर नेपाल शाखा सप्तरीको एक बैठकले जिल्ला सम्मेलन गर्ने बारे निर्णय गरेको छ ।
सेन्टरको जिल्ला अध्यक्ष दिनानाथ यादवको अध्यक्षता तथा सेन्टरको केन्द्रिय सल्लाहकार देव राम यादवको प्रमुख आतिथ्यमा सो बैठकमा प्रेस सेन्टरको सप्तरी जिल्ला सम्मेलन गर्ने बारे निर्णय गरिएको हो ।
सप्तरीको राजविराजमा शुक्रवार आयोजित बैठकबाट जिल्ला सम्मेलन यही पुस १९ गते शुक्रवार गर्ने सर्वसहमतीबाट निर्णय गरिएको छ ।केन्द्रिय सर्कुलर अनुसार जिल्ला सम्मेलन २० गते भित्र ,प्रदेश सम्मेलन माघ ५ गते भित्र र केन्द्रिय महाधिवेशन माघ १५ गते भएकोले सोही अनुसार जिल्ला सम्मेलन १९ गते नै गर्ने निर्णय गरिएको बताएको छ ।
यसैगरी सोही बैठकमा जिल्ला सम्मेलन सम्पन्न गर्न तयारी समिती समेत गठन गरिएको जनाएको छ ।
सेन्टरको जिल्ला सम्मेलनको लागि दिनानाथ यादवको संयोजकत्वमा तयारी समिती गठन गरिएको छ । तयारी समितीको सदस्यहरुमा विन्दु कुमार यादव,कमान्नद माझी,मन्जु कुमारी यादव र जितेन्द्र गुप्ता रहेका छन्. यसैगरी सोही बैठकबाट आर्थिक समिती समेत गठन गरिएको छ ।उक्त समितीमा जितेन्द्र गुप्ता संयोजक ,विन्दु कुमार यादव,मंजु कुमारी यादव, कमान्नद माझी सदस्यमा रहेका छन् । आयोजित बैठकबाट नेपाल पत्रकार महासंघ शाखा सप्तरीको हालै सम्पन्न निर्वाचनमा सेन्टरको केही सदस्यहरुले अन्तर घात गरेकोलाई प्रदेश र केन्द्रिय समितीमा नाम पठाउने सर्व सहमतिबाट निर्णय गरिएको सेन्टरको अध्यक्ष यादवले जानकारी दिए ।