भूपदेव माली
पौष १३ गते, राजबिराज।
राजबिराजमा पच्चीसौँ हजार मानिसको सहभागितामा जगन्नाथ रथयात्रा परिक्रमा अनुष्ठान सम्पन्न गरिएको छ।
श्री कृष्ण भक्त मण्डल सप्तरीको आयोजना एवं राजविराज नगरवासीहरुको सहयोगमा श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट श्री जगन्नाथ रथ यात्रा बजार परिक्रमा गरी अनुष्ठान सम्पन्न भएको हो।
शनिबार १२:०० को बजेको समयमा सप्तरीको राजविराज, हटिया स्थित श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिरबाट नेता चोक हुँदै सिराहा रोड बाट अदालत रोड भएर हुलाकी सडक मार्ग बाट राजदेवी मन्दिर अनि पुन: तेतरी गाछी भएर भारदह- राजविराज सडक खण्ड हुँदै परिक्रमा गरिएको रथयात्रामा जिल्लाका हजारौं मानिस सहित मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, उपमेयर लगायतका सहभागिता रहेको थियो।
रथयात्रामा सहभागी भएकाहरू एवं कृष्णभक्त द्वारा विभिन्न बाजागाजाका साथ हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे! राम हरे राम राम हरे हरे! भजन गाउँदै लगभग ५ किलोमिटरको परिक्रमा गर्दै रथ पुन श्री लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा लगिएको थियो।
रथ यात्रा परिक्रमा गर्ने क्रममा हिन्दू परिषद्का स्वयंसेवकहरूको व्यापक उपस्थिति रहेको थियो।