पौष १७ गते, राजबिराज।
राष्ट्रिय पोशाक दीवसको अवसरमा राजबिराजमा धोती दिवस मनाएका छन्।
बुधबार राष्ट्रिय पोशाक दिवसको अवसर पारेर जनमत पार्टीका नेता एवं कार्यकर्ताहरूले राष्ट्रिय पोशाकको रूपमा धोती रहेको भन्दै धोती दिवस मनाएका हुन्।
सप्तरीको राजबिराजमा ‘धोती हाम्रो शान – मधेशको पहिचान!’ ‘धोती भनेर हेप्न पाइँदैन – पाइँदैन!’ नारा सहित गजेन्द्र चौकबाट निस्किएको जुलुस बजार परिक्रमा गर्दै पोशाक दिवस मनाएका छन्।
लगभग २०० जना मानिसले धोती र गम्छा पहिरनमा निकालिएको जुलुस राजबिराज परिक्रमा गरि कोणसभामा परिणत भएर दिवस मनाएका छन्।
