भूपदेव माली
पौष १७ गते, राजबिराज।
नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको पदस्थापन, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ।
बुधबार नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजित पदस्थापन समारोको निर्वाचन समितिका संयोजक एवं प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाको अध्यक्षता एवं मधेस प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू एवं सदस्यहरुको पदस्थापन, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको हो।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा पदस्थापन पश्चात प्रमुख अतिथि द्वारा प्रमाण पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो र संगै नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य एवं प्रदेश महासङ्घमा पुगेका पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो।
सचिव पदमा नवनिर्वाचित खगेन्द्र कार्कीले मंच संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मुख्यमन्त्री सिंहले ‘मधेस प्रदेशका सम्पूर्ण पत्रकारहरूको लागि एक लाखको स्वास्थ्य बीमा र ७ लाखको दुर्घटना बीमा सुनिश्चित गरिसकेको र निकट भविष्यमा पत्रकारहरूको सैलरी, विज्ञापनम रकममा वृद्धि गरिने’प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ‘अब पत्रकारहरूलाई दयनीय जीवन नभोग्नुपर्ने उहाँहरूको भरण – पोषणबारे र व्यावसायिक संरक्षणको बारेमा प्रदेश सरकार मनन गरिराखेको’ बताउनुभयो।’कार्यक्रममा सप्तरीको पत्रकारिता क्षेत्रलाई मर्यादित र कार्यसमितिको प्रथम बैठक लगत्तै सक्रिय पत्रकारहरुका लागि नयाँ नयाँ सदस्यता खुल्ला गरिने’ महासंध सप्तरी शाखाका नवनिर्वाचित अध्यक्ष श्रवण देवले आफ्नो विचार राखेका थिए।
कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधिहरू, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न संघसँगस्थाका प्रतिनिधिहरू लगायत जिल्लाका सैकडौं पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा निर्वाचन समितिका सदस्य ध्रुव कुमार मण्डल ले स्वागत मन्तव्य राखेका थिए भने प्रेस सेन्टरका अध्यक्ष दिनानाथ यादव, प्रेस चौतारीका अध्यक्ष डम्बर राई, प्रेस मञ्चका महासङ्घका केन्द्रीय सदस्य ललिता शाह, मधेस प्रदेश महासङ्घका उपाध्यक्ष अम्बिका दाहाल, केन्द्रीय सदस्य राजु विश्वकर्मा, प्रेस समाजवादी सङ्घका अध्यक्ष अनिल पोखरेल, पत्रकार विष्णु मंडल, पत्रकार मुरली यादव, महासङ्घका पूर्व उपाध्यक्ष बैजनाथ यादव, निर्वाचन समितिका सदस्य एवं प्रेस स्वतन्त्रता सेनानी बैनाथ झा, गोरखा पत्र संस्थानका मधेस प्रदेश प्रमुख धिरेन्द्र साह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको समापन नवनिर्वाचित महासङ्घका अध्यक्ष श्रवण देव ले गरेका थिए।
