न्युज 1नेपाल संवाददाता
पौष १८ गते, सप्तरी।
सप्तरीमा अदालतको अवहेलना गर्दै अदालतको फैसला विपरित यादव परिवारका व्यक्तिहरूले अर्काको घर जग्गामा दाबी गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
बिहीबार मादक पदार्थ सेवन गरेको छोरा र आमा मिलेर अदालतको अवहेलना गर्दै फैसला विपरीत अन्यको घरजग्गामा दाबी गर्दै घेरबेर गरिएको जग्गामा तोडफोड र जग्गाधनीमाथि आक्रमण गरी कुटपिट गरेको घटना सार्वजनिक भएको हो।
सप्तरीको हनुमाननगर कंकालिनी नपा. वडा नं १ , भलुवा बस्ने बुद्धेश्वर यादवको घर जग्गामा बलजप्ती दाबी गर्दै घेरबेर गरिएको जग्गामा तोडफोड गर्दै निज बुधेश्वर यादवलाई विपक्षी सोही स्थानमा बस्ने भतिज नातामा पर्ने परशुरामको छोरा वर्ष २४ का राजेश्वर यादव र परशुरामकी पत्नी भुलुर देवी यादवले गरेका छन्।
उक्त घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय भारदहका प्रहरी घटनास्थलमा पुग्दा कुटपिट गर्नेहरू फरार भएका थिए। घटनास्थलबाट प्रहरीहरूले फर्किसकेपछि अर्को पल्ट पुन: उक्त व्यक्तिहरू बुधेश्वर यादव माथि आक्रमण गरिएको स्थानीयहरूको भनाइ छ।