न्युज 1नेपालसंवाददाता
पौष १८ गते, सप्तरी।
नेपाल पत्रकार महासङ्घ, सप्तरी शाखाको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ।
महासङ्घ सप्तरी शाखाले विहीबार एक विज्ञप्ति जारी गरी बैठक एवं बैठकमा गरिएको निर्णयका बारेमा पत्रकारहरुलाई जानकारी गराएको हो।
११औं जिल्ला अधिवेशन तहत गत मंसिर २८ गते नयाँ नेतृत्वकालागि निर्वाचन सम्पन्न भएको र सोही बमोजिम पुस १७ गते पदस्थापनासमेत सम्पन्न भईसकेको उल्लेख गर्दै पदस्थापनालगत्तै शाखाको पहिलो बैठक अध्यक्ष श्री श्रवणकुमार देवज्यूको अध्यक्षतामा सम्पन्न भएको र उक्त बैठकबाट मुख्यत तीनवटा बुन्दामा निर्णयहरु भएको जानकारी सार्वजनिक गरिएको छ।
जारी विज्ञप्तिमा पहिलो निर्णय गत मंसिर २८ गते नयाँ नेतृत्व चयनकालागि तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन अहम भूमिका निर्वाह गर्नुहुने जिल्ला निर्वाचन समिति, निवर्तमान कार्यसमिति, मतदाता उम्मेदवार पत्रकार, सुरक्षानिकाय तथा कर्मचारीमा बैठकले धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ र दोस्रो निर्णयमा
बैठकले पुस २६ गते वार्षिकरुपमा महासंघले मनाउँदैआएको लोकेन्द्र स्मृति दिवस भव्यतापूर्वक आयोजना गर्ने र सोही दिन लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार वितरणका लागि नयाँ कार्यविधि बमोजिम महासंघका पूर्व अध्यक्ष मुरलीप्रसाद यादवको संयोजकत्वमा मनोज माझी सदस्य रहने समिति गठन गरेको छ र उक्त समितिको सदस्य सचिवमा शाखा सचिव अनिवार्य रहने व्यवस्था छ । तेस्रो निर्णयमा
पत्रकार महासंघले गर्दैआएको पत्रकार सम्मेलनलाई अझ व्यवस्थित बनाउन बैठकले महासंघका सह-सचिव कृष्णकुमार मण्डलको संयोजकत्वमा बृजमान तामांग र अरुणकुमार यादव सदस्य रहने गरी ‘पत्रकार सम्मेलन उपसमिति’ गठन गरेको नयाँ कार्यसमितिका सचिव खगेन्द्र कार्कीको हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ।