सप्तरी ,२२ पुस ।
सप्तरीको गंगाजलीमा ट्याक्टर दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्।
सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ५ गंगाजलीमा सोमबार बिहान बालुवा लिन गईरहेको स १ त ६५५८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार उनीहरु घाइते भएका हुन् ।
दुर्घटना हुनेहरूमा सप्तकोसी नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २२का शिव कुमार मण्डल,वर्ष २३ का प्रदीप सदा ,वर्ष ६१ की हरिहर देवी सदा,वर्ष ४१ की अमेरिका देवी सदा, वर्ष ३७ की सविता देवी मण्डल घाइते भएको फत्तेपुर प्रहरी चौकीले जनाएको छ।
घाइते हुनेहरू सम्पूर्णलाई फत्तेपुर स्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको र सिकिस्त अवस्थामा रहेकी अमेरिका देवीलाई धरान रेफर गरिएको प्राथमिक स्वास्थ्य चौकी फत्तेपुरका जन स्वास्थ्य निरिकक्षक माधव सुवेदीले जानकारी गराए।
ट्याक्टर चालक सप्तकोसी नगरपालिका ११ का ३५ वर्षिय उपेन्द्र सदा फरार रहेको र खोजी कार्य भै रहेको फत्तेपुर प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक पन्नालाल चौधरीले जानकारी दिए।