पौष २२ गते, सप्तरी।
पैसा दोबर गरिदिने भनेर ठगी गर्ने कुख्यात गिरोहका नाइके हनुमानी भन्ने रामबहादुर रजक सप्तरीको प्रहरी द्वारा पक्राउ परेको छ।
हरिनारायण यादव समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी हनुमानी भन्ने रामबहादुर रजकलाई ठगी तथा अपराधिक विश्वासघात कसुर मुद्दामा कोइलाडी गाउँपालिका बभनगामा स्थित सडक खण्डबाट आइतबार पक्राउ गरिएको हो।
हरिनारायण यादव समेतको जाहिरीले बादी नेपाल सरकार प्रतिवादी मुद्दा चलाएर पक्राउ पुर्जी जारी गरिएको थियो।
सप्तरीको तिलाठी गाउँपालिका वडा नम्बर ७ बभनगामा बस्ने वर्ष ४८ का हनुमानी भन्ने रामबहादुर रजक एक दशकदेखि सर्वसाधारण सँग लाख/ डेढ लाख पैसा लिएर सो पैसा बापत दोबर पैसा दिएर सम्मोहित गरि पछि ५ लाख /१० लाख रूपिया ठगेर बेपत्ता हुने अथवा अनेक बहाना गरी पैसा पचाउने ठगी गर्ने व्यवसायी गर्ने गर्थे। पैसा दोबर गरिदिने प्रलोभनमा पारेर यी गिरोहका मानिसहरूले सर्वसाधारण सँग करोडौं रुपैयाँ असुल गर्दै आएका थिए।
हनुमानी केही वर्षअघि तीन वर्षसम्म ठगी मुद्दामै कारागार बसेका मान्छे हुन्, उनी विरुद्ध अनेकौ ठगी मुद्दाहरूको उजुरी परेको देखिन्छ र प्रहरी नायब उपरीक्षक (डिएसपी) ढुण्डिराज न्यौपानेको कार्यकालमा हनुमानी विरुद्ध कतिपय उजुरीहरू परेता पनि वास्ता नै नगरी अपराधीलाई छुट दिएको पनि
ईपीडितहरूको उजुरीको आधारमा प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ।हनुमानीको गिरोहबाट ठगीमा परेका पीडितहरूले संघर्ष गर्दै आएका छन्। ‘हामीलाई न्याय चाहिएको छ, हनुमानी र उनको गिरोलाई जेल हालेर हामीले गुमायौ र कम फिर्ता गराइदिनु पर्छ’ पीडितहरूको भनाइ रहेको छ।’यिनीहरूलाई संगठित अपराध निवारण ऐन २०७० बमोजिम अनुसन्धान हुनुपर्ने’ एकजना पीडितको भनाइ रहेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रतिवादी हनुमानीलाई हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको जानकारी गराएको छ। यस घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न उजुरीकर्ताहरुले माग गर्दै आएको छ। प्रतिवादी हनुमानीले अन्य कोही व्यक्तिहरूलाई समेत ठगी गरेको भए निजहरूलाई लिखित उजुरीसहित प्रहरी कार्यालयमा सम्पर्क राख्न जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रनाउ जितेन्द्रकुमार बस्नेतले अनुरोध समेत गरिएको छ।