• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

भारदहमा पंपसेट मेसिनमा परेर एक ब्यक्तिको मृत्यु

img

भूपदेव माली
पौष २६ गते, सप्तरी।
भारदहमा पंपसेट मेसिनमा परेर एक ब्यक्तिको मृत्यु भएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १,भारदह स्थित कंकालिनी भगवती मन्दिर देखि पूर्व कोशी डुवान क्षेत्र भित्र गहुँको बालीमा पंपसेट मेसिन बाट पानी दिने ( पटाउने ) क्रममा सो मेसिनमा ओढ्ने गमछा बेरिएकोले मेसिनमा परेर मृत्यु भएको हो।
मृत्यु हुने हनुमाननगर कंकालिनी नपा १ बस्ने अंदाजी वर्ष ५६ का दूखा साफी (रजक) एक समान्य परिवारका कृषक थिए।
मृतक साफीलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिँह अंचल अस्पताल राजबिराज लगिएको ईलाका प्रहरी कार्यालय भारदह बाट जानकारी प्राप्त भएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी