भूपदेव माली
पौष २६ गते, सप्तरी।
सप्तरीमा पत्रकार लोकेन्द्र बहादुर बुढाथोकी स्मृति पुरस्कार पत्रकार अरुण कुमार यादवलाई र पत्रकार उमा सिंह स्मृति वातावरणीय पुरस्कार पत्रकार अर्चना परियारलाई प्रदान गरिएको छ।
सप्तरीको राजविराज स्थित नेपाल पत्रकार महासंघ, सप्तरी शाखाको सभाकक्षमा ३१औं लोकेन्द्र स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रम बिच नेपाल पत्रकार महासंघ सप्तरी शाखा द्वारा लोकेन्द्र स्मृति पुरस्कार पत्रकार अरुण कुमार यादवलाई र आजको वातावरण राष्ट्रिय दैनिक द्वारा उमा सिंह स्मृति वातावरणिय पुरस्कार अर्चना परियारलाई प्रदान गरिएको हो।
यस दिन पत्रकार बुढाथोकीको ३१ औँ अस्मृति दिवस र सिंहको १६ औँ स्मृति दिवस रहेको अवसरमा आजको वातावरण दैनिकका सम्पादक बैनाथ झाद्वारा वातावरणीय पुरस्कार हरेक वर्ष दिँदै आएको छ।
महासंघको जिल्ला अध्यक्ष श्रावण देवको अध्यक्षता एवम् उच्च अदालत राजविराजको प्रमुख न्यायाधीश वामदेव ज्ञावलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महासंघ सप्तरी शाखाका उपाध्यक्ष राम नारायण विश्वासले राख्नु भएको थियो।
कार्यक्रममा महासंघ सप्तरी शाखाका सल्लाहकार मनोहर पोखरेलले पत्रकार लोकेन्द्र बहादुर बुढाथोकी र पत्रकार उमा सिंहको पत्रकारिता जीवन र मृत्युको बारेमा गहनतम विश्लेषण गर्दै श्रध्दान्जली प्रकटीकरण गर्नु भएको थियो।उनी बुढाथोकी संगसंगै कानुन विषयमा अध्ययन र पत्रकारिता क्षेत्रमा सकृय भूमिका निर्वाह गर्दै आएका थिए।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट संवोधन गर्दै न्यायाधीश ज्ञावलीले ‘पत्रकारिता क्षेत्र न्यायिक संपादन क्षेत्र जस्तै संवेदनशील र जोखिमपूर्ण कार्य भएको बताउँदै एउटा घटनाको विवरण खोजी गरेर मात्र समाचार लेख्नुपर्ने हुन्छ र सो समाचारको पात्रको विरुद्ध समाचार प्रकाशित भएको अवस्थामा शत्रुता समेत अपनाउनु पर्ने जोखिम मोलेर यात्रा गर्नुपर्ने हुन्छ् ‘ बताउनुभयो। उनले ‘पत्रकारिता क्षेत्र जतिसुकै जोखिमपूर्ण भएपनि सत्यतथ्य लेखेर प्रकाशित गर्ने पत्रकार मात्र नैतिकता निर्वाह गर्ने, बताउनुभयो।
महासंघ सप्तरी शाखाका सहसचिव डम्बर राईले वंश सञ्चालन गरिएको कार्यक्रममा गोरखापत्र सँगस्थानका मधेस प्रदेश ब्युरो प्रमुख धीरेन्द्र साह, कृष्ण दैनिकका मुरलीप्रसाद यादव, पत्रकार विष्णुमण्डल, पत्रकार महासङ्घका केन्द्रीय सदस्य ललिता शाह लगायतका पत्रकारहरु शहिद बुढाथोकी र शहिद उमा सिंहलाई श्रद्धाञ्जली दिँदै पुरस्कृत पत्रकारहरूलाई बधाई ज्ञापन गरेका थिए।