न्युज 1नेपाल संवाददाता
माघ २ गते, सप्तरी।
पुष पूर्णिमाको दिन कोशी नदीको पश्चिमीको भिभिन्न स्थानमा हुने कोशी स्नान मेला सम्पन्न कतिपय स्थानहरुमा जारी नै छ।
वैदिक शास्त्र अनुसार शुद्धिकरणको दृष्टिले महत्त्वपूर्ण मानिने कोशी स्नान हरेक वर्षझैँ यो वर्ष पनि कोशी नदीको छेउमा रहेका मलकौर , पथरी, भलुवामा मेला आयोजक समितिले जारी नै राखेका हुन्।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नं १ भारदह स्थित भलुवा र कंचनरुप नपा अन्तरगत मलकौरमा स्नान मेला आयोजक समितिले विभिन्न मनोरञ्जनात्मक साधन ब्यवस्थित गरी मेला अवधि बढाएका छन् । सो मेला भर्न स्थानीय र छिमेकी गाउँ बस्तीका मानिसहरूको बढी सङ्ख्यामा उपस्थिति रहेको थियो।
कोशी स्नान मेला कोशी नदीको विभिन्न स्थानहरूमा आयोजन हुने गरेको परम्परा रहिआएको छ।जस मध्य सप्तरीको सप्तकोशी पूर्वमा स्थित नगरपालिकाको मेग्दिन चौरीया,कञ्चनरूप नगरपालिकाको पूर्वमा स्थिर धनकट्टा ,मलकौर, हनुमाननगर कंकालिनी नगरपालिकाको भलुवा हनुमाननगर र रामपुरा मलहनियामा समेत कोशी स्नान मेलाको आयोजन गरिएको थियो। यसमध्ये कतिपय मेला सम्पन्न भइसके भने कतिपय मेलाहरू तीन दिनसम्म रहने बताइएको छ।