न्युज 1नेपाल संवाददाता
माघ २ गते , सप्तरी।
श्री लक्ष्मी बल्लभ नरसिंह बहुमुखी क्याम्पस बभनगामा कट्टी क्याम्पसमा जसपा समाजवादी विद्यार्थी युनियनको इकाई समिति गठन गरिएको छ । सप्तरीको तिलाठी कोलाडी गाउँपालिकास्थित रहेको श्री लक्ष्मी बल्लभ नरसिंह बहुमुखी क्याम्पस मा जनता समाजवादी पार्टी नेपालको निकट समाजवादी विद्यार्थी युनियन नेपालको १५ सदस्यीय इकाई समिति गठन गरिएको हो।
समाजवादी विद्यार्थी युनियन सप्तरीका उपाध्यक्ष अनिल साहको अध्यक्षतामा बुधबार आयोजित एक भेलाले नितेश झाको अध्यक्षतामा
गठित समितिको उपाध्यक्षमा सोनम मण्डल, उज्ज्वल खंग,जयप्रकाश खंग, सचिवमा सर्वेश यादव, कोषाध्यक्षमा रिंकु राउत चयन भएका छन् । यसरी नै समितिको सदस्यहरुमा बेबी यादव , पुजा यादव , अंसु पैकरा, मनिषा साह, अर्चना मंडल, प्रिती माझी, लक्ष्मी अधिकारी, लक्ष्मी यादव , रुबिता इसर रहेका छन् ।
कार्यक्रममा समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय सदस्य एवम् सप्तरीको जिल्ला संगठन बिभाग प्रमुख श्याम कुमार यादव , स्वबियु मबिब क्याम्पसकी कोषाध्यक्ष मेनुका साह, सदस्य बिनय यादवको उपस्थिती रहेको थियो ।
संगठन विभाग प्रमुख यादवका अनुसार माघ २५ गते समाजवादी विद्यार्थी युनियन नेपाल सप्तरीको अधिबेशनलाई लक्षित गरि संगठन निर्माण अभियान अन्तर्गत भेला आयोजना गरि इकाई समिति गठन गरिएको छ।