• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

हनुमाननगरमा समाजवादी विद्यार्थी युनियन २१ समिति गठन

img

न्युज 1नेपाल संवाददाता
माघ ३ गते , सप्तरी।
महावीर उच्च माध्यमिक विद्यालय हनुमानगरमा समाजवादी विद्यार्थी युनियनको इकाई समिति गठन गरिएको छ । बिहीबार जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपाल सप्तरीले जिल्लाका उपाध्यक्ष अनिल साहको अध्यक्षतामा आयोजित  एक भेलाद्वारा   चन्दन यादवको अध्यक्षतामा १९ सदस्यीय इकाई समिति गठन गरिएको हो ।
उक्त भेला द्वारा गठित समितिको उपाध्यक्षमा पुर्णिमा मण्डल, श्रवण मण्डल,सचिवमा मिथलेश साह, कोषाध्यक्षमा संतोषी मण्डल चयन भएका छन् ।
यसरी नै समितिको सदस्यहरुमा आनन्द सदा , अंजली दास, मासुम खातुन, कल्पना मण्डल, तुलसी दास, मोनिका दास, फरिदा खातुन, आरती मण्डल, प्रियंका साह, रिका कुमारी राय, अमित यादव , संतोषी साफी, सुनिता यादव , गुडिया शर्मा रहेका छन् ।
कार्यक्रममा समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय सदस्य एवम् सप्तरीको जिल्ला संगठन बिभाग प्रमुख श्याम कुमार यादव , स्वबियू मबिब क्याम्पसकी कोषाध्यक्ष मेनुका साह, सदस्य बिनय यादव लगायतको उपस्थिती रहेको थियो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी