• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

गठबन्धनले सरकार चलाउने नैतिकता गुमाएकोले ओलीले राजीनामा दिए हुन्छ: प्रचण्ड

img

न्युज 1नेपाल संवाददाता
माघ ४ गते , काठमाडौँ । विपक्षी ६ दलद्वारा गठबन्धनले सत्ता सञ्चालनको नैतिक आधार गुमाएकोले ओलीले सरकार बाट राजीनामा दिने नै उचित हुने निष्कर्ष निकालेका छन् ।

शुक्रबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेसपा र राजमोको संयुक्त बैठकले गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाएकोले ओलीले राजीनामा दिनुभन्दा अर्को विकल्प नरहेको निष्कर्ष निकालेका हुन्।
बैठक पश्चात् विपक्षी दलले एक विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा भनिएको छ,‘सहकारी पीडितहरूलाई न्याय दिनुको साटो उल्टै थप पीडा दिने किसिमले सहकारी अध्यादेश जारी गरिएको छ ।’
उनीहरुले बहुमतको दम्भमा सरकारले एकपछि अर्को चाल्दै आएका यस्ता कैयन् जनविरोधी कार्यको जनस्तरबाटै चर्को विरोध हुन थालेपछि संसदमा प्रतिरक्षा गर्न नसकी अध्यादेशको सहारा लिनुपर्ने अवस्थाले सत्तारुढ गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाइसकेको’ उल्लेख गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा उचित हुने भनिएको छ।

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी