• img
  • img
img img img

img

सप्तरीमा भारतीय रुपैयाँको चरम अभाव भएको छ। यसका मुख्य कारण भने बैंकहरूमा सटही काउन्टर नभएको कारणले हो। भारतीय रुपैयाँ चाहिएको अवस्थामा नेपाली रुपैयाँ दिँदा ४ देखि ८ रुपैयाँसम्मको बट्टी लिने गरेको पाइन्छ। यी कुराहरू सम्बन्धित निकायलाई थाहा हुँदाहुँदै पनि मौन बसेका छन् ।
गए आतबारका दिन केही समूहद्वारा भारु नोट चरम अभाव भएको भन्दै राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखामा भारु सटही काउन्टर सेवा पुनःसंचालनको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।
यद्यपि बुझाएको ज्ञापन पत्रमा सात दिन भित्र बन्द रहेको भारु सटही काउन्टर पुनः संचालन गर्न माग गरिएको भएपनि हालसम्म सम्बन्धित निकायले कुनै चासो देखाएको छैन।
अर्थमन्त्रालय, मधेश प्रदेश मुख्यमन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र बैंक र राष्ट्रिय बाणिज्य बैंकको केन्द्रीय कार्यालय तथा जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोद्धार्थ समेत दिइएको ज्ञापन पत्रमा सर्वसाधरणको समस्यालाई ध्यानमा राखी अबिलम्ब भारु सटही काउन्टर खोल्न माग गर्दै
सो ज्ञापन पत्र मार्फत सो समस्या समाधानका लागी सटही काउन्टर पुृनः संचालन र अनलाईन विनियम सेवाको विकल्प दिन माग समेत गरिएको थियो।
भारत संगको रोटी बेटीको सम्बन्ध र नजिकको सीमानाका कारण तराई मधेशका जनताको त्यस तर्फ विभिन्न काम विशेषले आवतजावत गर्नुपर्ने हुँदा भारुको आवश्यक्ता पर्ने गरेको कुरो सर्वेविधतै छ। तर सहज ढंगमा स्थानीय बैैक र बजारमा भारु नोट उपलब्ध हुन नसक्दा यहाँका सर्वसाधारणले महगो दरमा भारतीय मुद्रा साट्न बाध्य भएका छन ।
सटही काउन्टर पुनः संचालनका लागी नेपाल राष्ट्र बैंक तथा राष्ट्रिय बाणिज्य बैंकका माथिल्लो निकायले तराई मधेसका सबै बैंकहरूमा सटही काउन्टर पुनः सञ्चालन गरी सर्वसाधारण जनतालाई आर्थिक मारबाट जोगाउनु अति आवश्यक छ। यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी