• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा लागु औषध सहित एक जना पक्राउ

img

माघ २४ गते,सप्तरी ।
सप्तरी प्रहरीले लागू औषध सहित एक युवकलाई पक्राउ गरेको छ । मंगलवार डाक्नेश्वरी नगरपालिका ९ का कैलु चौधरीको छोरा बर्ष २० को प्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटेको प्रहरी गस्ती टोलीले सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० बाट साँझ पौने सात बजेको समयमा चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक दिपेन्द्र पासवान नेतृत्वमा खटिएको टोलीले चौधरीको शरीर खानतलासी गर्दा उनको गोजीबाट लगु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार चौधरीको साथबाट नाइट्राजेपाम ट्याव्लेट्स ७० पीस, स्पास्मो प्रोजिक्सन प्लस ट्याब्लेट्स १२ पिस,ओसकल ट्याब्लेट्स ५ पीस गरि ८७ पिस र डाइलेक्स डिसी प्लस १०० एमएल २ बोतल बरामद भएको छ ।
चौधरीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी