न्युज 1नेपाल संवाददाता
माघ २३ गते , सप्तरी।
महेन्द्र बहुमुखी क्याम्पस राजविराजमा जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन नेपालको क्याम्पस भेला सम्पन्न भएको छ ।
बुधबार विद्यार्थी युनियन इकाई कमिटी अध्यक्ष श्याम कुमार यादवको अध्यक्षतामा आयोजनामा विद्यार्थी भेला सम्पन्न भएको हो।
मविव क्याम्पस इकाई भेलामा गत स्वबियु चुनावमा सदस्य पदकी उम्मेदवार सीता कुमारी मण्डलले विद्यार्थी जनमत संघ परित्याग गरि समाजवादी विद्यार्थी युनियन नेपालमा प्रवेश गरेकी छिन् । उनलाई जसपा नेपालका नेता तथा विद्यार्थी नेताहरुले टीका, गम्छा,माला लगाएर स्वागत गरे । भेलामा जसपा नेपाल मधेस प्रदेश सदस्य तथा पूर्व मबिब क्याम्पस स्वबियू कोषाध्यक्ष किशोर कुमार यादव केसी, जसपा नेपाल सप्तरी उपसचिव तथा मबिब क्याम्पस पूर्ब स्वबियु सचीव शम्भु कुमार यादव , समाजवादी विद्यार्थी युनियन नेपालको केन्द्रिय उपाध्यक्ष बिशेश्वर मण्डल, केन्द्रिय सचीव तथा मबिब क्याम्पस पूर्ब स्वबियु उपसभापति तारकेश्वर प्रसाद यादव, मबिब क्याम्पस स्वबियु सभापति रन्जित कुमार यादव सहितको उपस्थिति थियो ।
यसरी नै समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार प्रसाद यादव , जिल्ला उपाध्यक्ष अनिल साह, स्वबियु कोषाध्यक्ष मेनुका साह, स्वबियु सदस्य बिनय यादव , अनिल यादव , प्रतीक्षा यादव , जिल्ला सचिव बिकास मण्डललगायतका समाजवादी विद्यार्थी युनियन नेपालका विभिन्न तहका पदाधिकारीहरु समेतको उपस्थित रहेको थियो ।