• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा सीडीओको नेतृत्वमा सप्तरी प्रहरी प्रमुख र सशस्त्र प्रहरी बल सप्तरी प्रमुखले छापा मारेपछि ३२ क्विन्टल गाँजा बरामद

img

भूपदेव माली
फागुन १९ गते, सप्तरी।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–९ मलेठस्थित एक गोदाममा सीडीओ भोला दाहालको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरीका एसपीसहितको टोलीले छापा मारेपछि ३२ क्विन्टल (३,२०० किलो) गाँजा बरामद गरेको छ।


सिडिओ दाहालले एक ट्रकबाट अर्को ट्रकमा समानहरू ओसारपसार गर्दा देखेपछि अनुसन्धान गर्दा उक्त गाजा बरामद भएको हो।
मलेठ स्थित बाबा भुतनानाथ मन्दिर नजिक रहेको सो गोदामबाट स्याउ, चिनी, सुर्ती र एक सिटविहीन स्कार्पियो सहित ३२ क्विन्टल गाजा फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा उक्त गोदाम रोसन यादव भाडामा राखे पनि गोदाम घर नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साहको भएको खुलासा भएको छ।
जिल्ला प्रहरीका अनुसार गोदामको ताला फोडेर जाँच गर्दा ८० बोरामा प्याक गरिएको गाँजा फेला परेको छ।

ललिता साह यसअघि पनि रुपनी गाउँपालिकाको स्यानिटरी प्याड भ्रष्टाचार प्रकरणमा मुछिएकी थिइन्, जहाँ उनले विशेष अदालतबाट सफाइ पाए पनि अख्तियारले पुनरावेदन दायर गरिसकेको छ, जस मुद्दाको फैसला अझै पनि हुन सकेको छैन। हाल उक्त गाँजा प्रकरणमा सन्दिग्ध सबैलाई प्रहरीलेविस्तृत अनुसन्धान गरिरहेको छ।

 

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी