• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तकोशी नपा.को फत्तेपुरमा जंगली बाघ पसे, बाघको आक्रमणबाट २ जना घाइते

img

भूपदेप माली
फागुन १९ गते, सप्तरी।
सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोल वस्ती भित्र एउटा बाघ पसेको छ। आइतबार रातिको बेला टोल बस्तीतिर एउटा बाघ पसेका हुन्।
सोमबार बिहान खोरिया टोलका घरहरूमा बाघ पसेको देखेपछि सो बाघलाई स्थानीयहरूले धपाउन खोज्दाको क्रममा बाघको आक्रमणबाट स्थानीय दुई जना घाइते समेत भएका छन्।
अन्दाजी ४३ वर्षका कृष्ण विष्ट र ५५ वर्षका गणेश खत्री घाइते भएका हुन्। उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर उदय कुमार राईले जानकारी दिए।
उनका अनुसार आज बिहान ०७:०० बजेतिर बस्तीमा बाघ पसेको जानकारी प्रहरीले पाएको थियो। त्यसलगत्तै फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली वस्तीमा परिचालित भएको थियो।
उक्त बाघ कोशीटप्पु वन्यजन्तु आरक्षबाट नै बस्तीमा आएको अनुमान छ। उक्त बाघलाई कोशी टप्पु आरक्षक क्षेत्रमै क्षेत्रमै फर्काउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी