भुपदेव माली
भारदह चैत्र ०२ गते ।
नेपाल कम्युनिष्ट पार्टी ( एमाले) हनुमाननगर कंकालिनी वडा कमिटीकाे अध्यक्षमा राजिव पैकरा चयन भएका छन् । शनिबार बिहान भारदहमा आयोजित भेलाले पैकरालाई सर्वसम्मतबाट अध्यक्षमा चयन गरेकाे हाे ।
यसैगरी उपाध्यक्षमा बद्री नारायण माझी, सचिवमा शैलेन्द्र कुमार देव, सह सचिवमा क्रमश: ललन मण्डल र किरणदेवी देव चयन भएकी छन् । सदस्यहरूमा बुलन्ती देवी सदा, झवर खंग, छुतहरू माझी, माेहम्मद रहमान, माेहम्मद हजरत, मुन्ना देवी लाैगी छन् ।
आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नम्बर १ कि इन्चार्ज सरीता गिरी, प्रदेश कमिटी सदस्य शैलेन्द्रचन्द्र झा, जिल्ला कमिटी सदस्य शाेभितलाल यादव, पार्टी नगर अध्यक्ष आकाश यादव, राष्ट्रीय युवा संघ नेपालका जिल्ला अध्यक्ष अशाेक गेठिया लगायत ब्यक्तित्वहरूकाे सहभागिता थियाे ।