भूपदेव माली
राजविराज, १० चैत ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं ९ ,प्रमाणपुरमा आगलागी हुँदा दुई वटा घर जलेर लाखौंको क्षति भएको छ ।
आइतबार विहान ०२:३० बजेको समयमा स्थानीय काशी मण्डल र चन्देश्वर मण्डलको घरमा आगलागी हुँदा साढे ३ लाख भन्दा बढी धनको क्षति भएको हो ।
काशी मण्डलको गोठमा लाम्खुट्टे धपाउन बालेको घुरबाट आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागीमा काशीको २ घर,साइकलसहित ६७ हजार, चन्देश्वरको १ घर, घरमा भण्डारण गरिएको काठपात, साइकल समेत ३ लाख १२ हजार गरि ३ लाख ७९ हजारको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो स्थानीयबासी र विहान परेको बर्षाले गर्दा नियन्त्रणमा आइसकेको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी गराएका छन् ।