• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

अखिल नेपाल महिला सङ्घ केन्द्रीय युवा कमिटीको भेला काठमाडौँमा हुने

img

न्युज 1नेपाल,

बैसाख १० गते काठमाण्डौ ।
अखिल नेपाल महिला संघ केन्द्रीय युवा कमिटीले राष्ट्रिय युवा भेला गर्ने तयारी गरिएको छ । यही वैशाख १० गते काठमाडौँमा बैसाख १० गते आयोजना हुने राष्ट्रिय युवा भेलाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने जनाएको छ ।

वर्तमान परिवेशमा युवा महिला र आगामी गन्तव्य विषयक अन्तरक्रियात्मक राष्ट्रिय युवा भेलाका लागि देशभरबाट युवा महिला काठमाडौँ आउने तयारीमा छन् ।

अनेमसंघ केन्द्रीय युवा कमिटीका प्रमुख विन्दु अधिकारीको अनुसार भेलामा देशभरबाट करिब ८ सय भन्दा बढी युवाहरु सहभागी हुने छन्।

भेलामा सात प्रदेशका युवा कमिटीका युवाहरू र जिल्ला कमिटीबाट ३-३ जना प्रतिनिधि सहभागी हुने बताइएको छ । भेलाको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएको छ ।

अधिकारीको अनुसार भेलालाई भव्य बनाउन केन्द्रीय युवा कमिटीको विभिन्न चरणको बैठक सम्पन्न भई सकेको छ । कमिटीले आगामी ९ गते पत्रकार सम्मेलन गरी कार्यक्रम बारे पूर्ण जानकरी सार्वजनिक गरिनेछ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी