बैशाख ०६ गते ,सिरहा।
मधेस प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले एक सडकको शिलान्यास गरेका छन् । सनिवार सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ बन्दीपुरमा आयोजित एक कार्यक्रमका वीच मन्त्री सिहले सडक ढलान कार्यको शिलान्यास गरेका हुन् ।
सडक शिलान्यास गर्ने क्रममा मन्त्री साहलले गुणस्तरता सहितको सडक निर्माण कार्य समयमै काम सम्पन्न गर्न आग्रह गरे।
“ यस सडक निर्माण काममा कुनै प्रकारको लापरवाही वा ढिलाइ सहनीय हुनेछैन’ उनले भने, ‘यदि सडक निर्माण कार्यमा कुनै प्रकारको सिकाई सुन्नु नपरोस् कार्य गुणस्तरयुक्त हुनु पर्दछ, काम राम्रोसँग भएन भने म कसैलाई पनि छोड्दिनँ।’
सडक ढलान सुरु भएकोमा स्थानीयले खुसी व्यक्त गरे । यो सडक ढलान सम्पन्न भएपश्चात यस क्षेत्रमा आवत जावत गर्ने नागरिकलाई थप सहजता हुने विश्वास लिइएको छ।
आयोजित कार्यक्रममा कर्जन्हा नगरपालिका नगरप्रमुख भोला प्रसाद पोखरेल, वडा नम्बर १ का अध्यक्ष फडिन्द्र प्रसाद पोखरेल,विद्यार्थी जनमत संघ सिरहाका अध्यक्ष अर्विण सहनी, नन्देव यादव,रामरतन मुखिया लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।